राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटायो,अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण
(रेमिट्यान्स)को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी
रकम स्थानान्तरणको सीमा घटाएको हो ।


राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा एक सूचना जारी
गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले
स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५
हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।


यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँसम्म
थियो । केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा
आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै
परिवर्तन नगरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।