दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले दुर्गम क्षेत्रका विद्यार्थीहरुका लागि निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुलो दिने भएको हो ।

एलपी ग्यासको मूल्य बढ्दो अवस्थामा राहत दिने उद्देश्यसहित यस्तो निवेदन आवह्वान गरिएको बताइएको छ । त्यस्तै विद्युतीय चुलोको पनि प्रवद्र्धन पनि गर्ने केन्द्रको विश्वास छ ।

यो सुविधा स्नातक र स्नातकोतर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराइने छ ।

यसका लागि लाई विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस केन्द्रमा बुझउनुपर्ने छ । साथै यस सम्बन्धी विस्तृत जानकारी फारम केन्द्रको वेवसाइटमा उपलब्ध छ ।

सूचनाअनुसार आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।