शिवरात्रीका दिन काठमाडौंको यी रुटमा चल्दैन गाडी,यस्तो छ ट्राफिक व्यवस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ ।

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

महाशाखाका अनुसार कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।

भक्तजनहरूका लागि सिफल चौर,गुह्येश्वरी पारी,पशुपति क्षेत्र विकास कोषको कार्यालय,भण्डारखाल,तिलगंगा करिडोरमा पार्किङ स्थल तोकिएको छ।

आवश्यक अनुसार थप सवारीसाधन डाइभर्सन गर्ने महाशाखाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।