आठ दलको नेपाल बन्द प्रभावहीन,सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध  ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज सोमवार नेपाल बन्दको घोषणा गरेका छन् ।

काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

काठमाडौँ उपत्यकाका मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा सुरक्षाकर्मीहरु परिचालन भएका छन्।

साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।

राजधानीका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो। बजार तथा पसल खुलेका छन्।

प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ। मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिष्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।