अभिनेता पलद्वारा प्रहरी समक्ष आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।

बलात्कार मुद्दा लागेर फरार रहेका शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए। त्यसको केही समयमै उनले प्रहरीसामू आत्मसमर्पण गरेका हुन्।

एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।

उनले आज बिहान मात्रै फेसबुकमा लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।