एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणी राखेर आजै एमसीसी पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

एमसीसी सैन्य गतिविधिको अंग हैन, इन्डो प्यासिफिक रणनीतिअन्तर्गत पर्दैन भन्ने लगायतका विषय समावेश गरेर एमसीसी पारित गर्ने सहमति बनेको पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।