टि-२० वरियतामा नेपाल २ स्थान माथि उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टि-२० वरियतामा नेपालले २ स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको वरियताको नयाँ अपडेटमा नेपाल २ स्थानमा सुधार गर्दै १३औं स्थानमा आइपुगेको छ।

टि-२० विश्वकपको ग्लोबल छनोटका ५ मध्ये ४ खेलमा जित निकालेपछि नेपालले दुई स्थान सुधार गरेको हो । अघिल्लो वरियतामा नेपाल २ स्थान तल झर्दै १५ स्थानमा पुगेको थियो। 

एसोसिएटतर्फ नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दाअघि विश्वकपको ग्लोबल छनोटको उपाधि जितेको युएई १२औं स्थानमा छ। यता, ग्लोबल छनोटको फाइनलमा युएईसँग पराजित भएको आयरल्यान्ड दुई स्थान तल झर्दै १५ स्थानमा आइपुगेको छ।

टि-२० वरियतामा भारत शीर्ष स्थानमै यथावत छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं, अस्ट्रेलिया छैठौं, वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं र श्रीलंका १०औं स्थानमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।