नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ । विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो ।

सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भयो । आयरल्यान्ड र यूएई विश्व कपमा पुगेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।