शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद विक्री गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिखर इन्स्योरेन्सले आगामी चैत १ गतेदेखि हकप्रद सेयर विक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद सेयर विक्री गर्ने भएको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

इन्स्योरेन्सको हकप्रदमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, शिखर इन्स्योरेन्सको रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।