एमसिसी संसद्बाट पास हुने वातावरण बनेको संचारमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट पास गर्ने वातावरण बनेको बताएका छन् ।

एमालेसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै कार्कीले संसद् सहज रुपमा चलेर छलफल हुने र एमसिसी पास हुने बताएका हुन् ।

प्रधानमन्त्रीले सहमतिमा अघि बढ्न दलबीच संवाद अघि बढाइसकेको भन्दै उनले अब सहज रुपमा एमसिसी निष्कर्षमा पुग्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले संसद सुरु गर्ने वातावरणका लागि संवाद अघि बढाइसक्नुभएको छ । यसमा प्रधानमन्त्रीले लचकता देखाएर सबै पक्षसँग छलफल गर्नुभएको छ’ कार्कीले भने, ‘अब संसद् नियमित चल्ने वातावरण बन्छ । एमसिसीमा संसदमा गहन रुपले छलफल पनि हुन्छ र हामी यसलाई निष्कर्षमा पुर्याउँछौं ।’

एमसिसीको विषयमा सत्तारुढ दलमा खटपट आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेको सहयोग खोजेर पटकपटक वार्ता गरिसकेका छन् ।

संसद बैठक एक दिन स्थगित गरेर एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेपछि कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनको औचित्य सकिएको भन्दै आजै साँझ एमालेसँग निर्णायक वार्ता हुने बताएका थिए ।

दिउसो पछि साँझ पनि देउवा र ओलीबीच फेरि वार्ता हुँदैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।