एमसीसी गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्‍दै देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमसीसी अनुमोदनको लागि गठबन्धनको साथ नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले   प्रमुख प्रतिपक्षी दलसँग सामूहिक संवाद थालेका छन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा ओलीसँग एक्लाएक्लै छलफलपछि प्रधानमन्त्री देउवाले अन्य नेतासहितको छलफल  गरेका हुन् ।   

छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा सहभागी थिए। 

बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो।

विहीवारको लागि बोलाइएको वैठकमा अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।

सरकारको आग्रहबमोजिम सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक स्थगन गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।