चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलेसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाडौं बस्ने २३ वर्षीय आर्टी तामाङलाई पक्राउ गरेको हो।

बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।

वास्तविक नम्बर प्रदेश ३–०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाइकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ। निज सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नियन्त्रणमा लिएको मोटरसाइकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागि ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।