वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

लामालाई श्रद्धाञ्जलीका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्।

उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। ​

लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का पञ्जालगायत थुप्रै चलचित्र र टेलिचलचित्रहरुमा काम गरेका थिए। ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।