काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी अनधिकृत पार्किङ गर्नेविरुद्ध कारबाही गर्न निर्देशन दिएका छन् ।
काठमाडौंको बौद्ध जोरपाटीमा अनुगमन गरेका एसएसपी जोशीले अनधिकृत पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्न निर्देशन दिएका हुन्।
साथै उनले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, बासिन्दा तथा चालकहरूसँग गुनासो तथा समस्याबारे जानकारीसमेत लिएका थिए ।
महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न, अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न तथा शहरी सुन्दरतामा ल्याउन ठाउंका-ठाउं कारवाही गर्ने तथा ‘ह्वील लक’ लगाउने कार्य नियमित गरिरहेको छ ।
Comment