मतदाता परिचयपत्र हरायो ? यसरी लिनुहोस् फागुन २० गतेभित्र प्रतिलिपि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मतदाता परिचयपत्र हराएका व्यक्तिले फागुन २० गतेभित्र निवेदन दिए प्रतिलिपि लिन पाइने भएको छ ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिलिपि लिन निवेदनको समयसीमा तोकेको हो ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था यसअघि नै थियो ।

सोहीअनुसार मतदाता परिचयपत्र हराएमा वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोग जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।