वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा प्रवाह घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको माघ मसान्तको तुलनामा फागुन ६ गतेसम्म निक्षेप संकलन बढ्दा कर्जा लगानी भने घटेको छ ।

फागुन पहिलो सातामा बैंकहरुको निक्षेप १ अर्ब मात्रै बढेको छ भने कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ ।

निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै एक साताको अवधिमा बैंकको कर्जा प्रवाह घटेको छ ।

एक साताको अवधिमा कर्जा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो ।

ऋण र निक्षेपको असन्तुलनका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।