राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही, प्रवक्ताकाे समेत जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार सहमति भएर आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका अभियन्ता ज्ञानेन्द्र शाही आजै पार्टी केन्द्रीय सदस्य बनाइनुका साथै प्रवक्तासमेत तोकिएका छन्।

केही समयदेखि ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ चलाएका उनले अभियान नै राप्रपा समाहित गरेका हुन्। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका छन्।

यससँगै शाही राप्रापाको प्रवक्तामा पनि मनोनित भएका हुन्। उनीसँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव ३ फागुनमै पदाधिकारी बैठकमा पेश गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।