अर्थमन्त्रीसँग छलफल, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्।

बिहीबार शिक्षा मन्त्री पौडेलले अर्थमन्त्री शर्मासंग प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।