प्रहरीमा एआईजीको दरबन्दी फेरि थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीमा  अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा प्रहरीमा तीन जना एआईजीको दरबन्दी थपसहितको ओएण्डएम स्वीकृत गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या आठ हुने भएको छ । 

नेपाल प्रहरीमा कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी पाँच वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ । 

त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।