जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा  । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।

बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए। सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए।

जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।