एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए० को चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।

संघले बुधबार सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार आगामी चैत ७ र ८ मा हुने चुनाव हुने भएको छ । 

कार्यतालिकाअनुसार फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ मा मतदाता नामावलीमा दाबी विरोध र  मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । 

यस्तै मार्च ४ र ५ मा उम्मेद्वारको मनोनय दर्ता,  मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन,  मार्च ६ र ७ सम्म उम्मेदवारमाथि दाबी विरोध,  ८ मार्चमा दाबी विरोधमाथि निर्णय, ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन र ११ मार्चमा उम्मेदवारी फिर्ताको कार्यतालिका छ ।

यस्तै १२ मार्चमा मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

फेव्रुअरी १४ मा अध्यक्ष पन्तले ३६३४ जना मतदाता नामावलीको सूची निर्वाचन समिति संयोजक बञ्जारालाई बुझाएका थिए ।

एनआरएनएको इतिहासमै पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट यसपटकको चुनाव हुँदैछ । निर्वाचन समितिले इ–भोटिङको पूर्वतयारी सम्पन्न भैसकेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।