पार्किङमा राखिएको एम्बुलेन्समा आगजनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी  । गुल्मीमा रोकिराखिएको एम्बुलेन्समाथि आगजनी गरिएको छ । आगजनीबाट एम्बुलेन्सको आधा भाग जलेको छ ।

मुसिकोट नगरपालिका–४ स्थित एक घरमा पार्किङ गरी राखिएको लु २ च २३७८ नम्बरको एम्बुलेन्समा गएराति १० बजे आगजनी गरिएको हो ।

एम्बुलेन्समाथि कसले आगजनी गर्यो भन्ने खुलेको छैन । घटनाबारे जानकारी पाएपछि त्यसतर्फ टोली पठाएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

एम्बुलेन्स मुसिकोट नगरपालिका ३ र ४ का भारतीय भूतपूर्व सैनिकले खरिद गरेर स्थानीय स्वास्थ्य चौकीलाई दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।