रामशरण महतले भने-एमसीसी चीनविरुद्ध छैन, यो इन्डोप्यासिफिक रणनीतिको अंग हैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनविरुद्ध नरहेको बताएका छन् । नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् । 

‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन ।’ चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए । 

फागुनभित्र एमसीसी पारित नगरे देशले ठूलो आर्थिक नोक्सान व्यहोर्ने बताएका उनले एमसीसी नेपालकै कानुनअनुसार चल्ने पनि दाबी गरे । एमसीसी लागु भएमा नेपालमा अमेरिकी सेना आउने हल्ला निराधार र भ्रममात्र रहेको उनको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।