गठबन्धनकै दलबाट स्थानीय तहको निर्वाचन रोक्ने प्रयास भएको छ : उपाध्यक्ष पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारको अनुभुति नै गर्न नपाएको टिप्पणी गरेका छन् ।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभुति गरेपनि अहिलेको सरकार छ(छैन भनेर जनताले अनुभुति नै गर्न नपाएको बताए ।

‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,’ उनले भने ।  सरकारले देशलाई आर्थिक संकटमा पुर्‍याएको दाबी गर्दै उनले भने- ‘देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुँजीगत खर्च हुन सकेको छैन ।’

स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेको उनले बताए । यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।