फोहाेर बिसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाको फोहाेर बिसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्ननसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर बिसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताएका छन् ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर बिसर्जन गर्नका लागि दीर्घकालीन समाधान हुन नसक्दा पटक पटक समस्या उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ ।

उनले २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यस स्थानमा पटकपटक स्थानीयले आन्दोलन गर्ने र फोहर बिसर्जनमा अवरोध हुने गरेको बताएका हुन् । ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’

बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भएपनि उपत्यकाको फोहर पटक-पटक रोकिंदा गाली कामपालाई आरोप आउने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको कामपाको भनाइ छ ।

कामपाले नियमित रूपमा उपत्यकाको फोहर बिसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खामा समस्या आउने जनाएको छ ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।