काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो ।
साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको १ करोड, १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ समूहका परिसूचक राताम्मे भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयर कर्जामा अझै कडाइ गर्ने हल्लाका कारण पनि बजारमा पहिरो गएको लगानीकर्ताको आकलन छ ।
Comment