राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

गृहनगर हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्। थापाले भने, “अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु।

यसअघि उनले सोमबार काठमाडौंमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए। त्यसमा पनि उनले आफू राप्रपाबाट अलग हुने बताएका थिए।

सोमबार उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्थानीय तहको निर्वाचन घोषणा हुनुअघि आफ्ना माग सम्बोधन गर्न समय दिएका थिए। सोमबार नै सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।

त्यसको भोलिपल्ट मंगलबार हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्। लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमितिले आफ्ना माग सम्बोधन नगरेको र पार्टीबाट अलग हुन बाध्य पारेको थापाको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।