काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल एक हजार ५७० जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सो संख्यामा संक्रमित थपिएका हुन् ।
११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ४० हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १६४ कोरोना संक्रमणमुक्त हुँदा १३ जना संक्रमितको निधन भएको छ ।
Comment