काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।
साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.५८ अंकले घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२४ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा खरिद विक्री भएको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो ।
आज १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ ।
Comment