नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनःनियुक्त गरेको छ।

गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्तभएका राष्ट्रीय अविष्कार केन्द्रकाअध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौताअवधि सकिएपछि पुनः १ वर्ष अवधिथप गरिएको हो ।

नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंककाप्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डरनवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमयइतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमापुनःनियुक्तहुनपाएकोमा खुसीव्यक्त गरे ।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रतिआभार व्यक्तगर्दै नेपाल बैंकको श्री बृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरतादिनपाउनु आफैमा गर्वको विषयभएको बताउनुभयो साथै डा. पुनले नेपाल बैंक छनौट गर्नुभएकोमा उँहाप्रतिहार्दिक आभार समेत व्यक्त गरे ।

नेपालभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायतकरिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवाप्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ ।

पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्ररुपमा पमाव्यवसाय बिस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।