काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ )मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन्।
१७ माघमा बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो पाल्पा रिब्दिकोट वडा नम्बर ७ का कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।
निजामती सेवामा उपसचिव रहिसकेका कार्की यसअघि बुढीगण्डकी जलविद्युत् आयोजनामा परियोजना संयोजक थिए। पदीय मर्यादाविपरीत सर्वोत्तम सिमेन्टको शेयरको आन्तरिक कारोबारमा विवादित भएपछि चन्द्रसिंह साउदले गत ८ भदौमा नेप्सेको सीईओबाट राजीनामा दिएका थिए।
Comment