एचआइडीसीएलले संस्थापक सेयर पुनः लिलामीमा ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले संस्थापक समूहको शेयर लिलामीमा ल्याउने भएको छ ।

बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकाशित गर्ने कम्पनीले जानकारी गराएको छ ।

एचआइडीसीएलले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यसबेला, संस्थापक शेयरमा भने आवेदन परेको थिएन ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।