कोभिड–१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुंगा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले कोभिड–१९ भाइरस विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ। नेपालले १८ वर्ष माथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप प्रदान गरेको हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।