वाणिज्य बैंकहरुबाट सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुबाट सात लाख रुपैयाँ भन्दाबढी कारोबार गर्ने व्यक्तिलाई निगरानी गर्ने भएको छ ।

राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि पुस मसान्तसम्म कुनै पनि बैंकमा सात लाख रुपैयाँ वा सोभन्दा बढी जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूची तयार गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निक्षेप हराउन थालेपछि यस्तो निर्देशन दिएको हो ।

जसमा खाता नम्वर, खातावालाको नाम, ठेगाना, सिविएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका ग्राहकको विवरण बैंकले केन्द्रीय बैंकलाई बुझाउनुपर्नेछ ।

हाल १० लाखभन्दा माथिको रकम चेकमार्फत नै हुँदै आएको छ भने १० लाख भन्दा तलको कारोबार नगदमा गर्न पाइन्छ । यद्यपि बैंकमा निक्षेप जम्मा गर्दा भने जति पनि जम्मा गर्न पाइन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।