माघ २७ देखि बलेफी हाइड्रोपावरले आइपीओ जारी गर्ने,कसले दिने आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख रुपैयाँ ९७ हजार ७०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ (साविक गोल्चे, गुम्बा र पाङताङ गाविस)का वासन्दालाई ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको प्रशारण लाइन प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, वलेफी गाउँपालिका वडा नं. १, ३, ६ र ७, तथा सुनकोशी गाउँपालिकाको वडा नं. ७ का वासिन्दालाई ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।

कम्पनीको आइपीओमा फागुन १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ४ प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँदछ ।

बलेफी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १८ लाख २७ हजार ९७० कित्ता सेयर जारी गर्ने भएको हो । आयोजना प्रभावितलाई सेयर वितरण गरिसकेपछि कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।