सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको एक्सन सहभागी हुने खेलाडीको लिस्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र नाम समावेश गरेको हो ।

दिल्लीबाट तीन पटक आइपीएल खेलेका सन्दीपले न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका छन् ।

अक्सनका लागि १२४६ खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये मेगा अक्नसमा ५९० खेलाडीमात्र सहभागी हुने छन्। जसमध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन्।

पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन ।

आइपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुनेछन् ।

अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् ।

अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराउनेमा सन्दीप लामिछाने, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेष्वाकर, सोमपाल कामी, कुशल मल्ल, करण केसी, दीपेन्द्रसिह ऐरी, आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी, आरिफ शेख रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।