बीमा समितिद्वारा नेपाल लाइफपछि प्राइफ लाइफलाई गर्यो कारवाही,यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।नियामक निकाय बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ ।

बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको भन्दै समितिले कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । 

यसअघि तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कवाललई सहायक महाप्रबन्धक नियुक्त गरेको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि १० हजार रुपैयाँ जरिवना गरेको थियो । 

प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले शुसासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भक्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको पाइएको समितिले जानकारी दिएको छ । 

बीमितिको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ बमोजिम सुरक्षित, मर्यादिन तर व्यवस्थित रूपले वैदेशिक रोजगार बीमा नगरेको समितिले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।