नेशनल माइक्रोफाइनान्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार २४ करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ रहेको खुद नाफा अहिले ८३.४३ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत र सञ्चालन नाफा ८३.४३ प्रतिशतले बढेपछि खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।