अवैध विदेशी मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ परेका छन्। राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलामा रहेको साउदी रियाल ४७ हजार १ सय ५०, युएई दिराम ४ सय, ओमानी रियाल ५.५ र ३ सय बैसा र भारतीय रुपैयाँ १ सय फेला पारेको हो। 

उनलाई बरामद विभिन्न मुद्रासहित आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।