राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ।

निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए। समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए।

गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो। एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ। पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ। 

उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भर्चुअल माध्यमबाट बैठक सम्पन्न गरेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले बागमती प्रदेश र प्रदेश नं १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उनले बताए।

राप्रपाले मधेश प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ। कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।