भक्तपुरको इन्द्रायणी मन्दिरबाट चोरिएको सामाग्री फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको मध्यपुरथिमीस्थित इन्द्रायणी मन्दिरबाट चोरिएका केही सामाग्रीहरु फेला परेका छन्। 

महानगरीय प्रहरी वृत्त मध्यपुर थिमीका एक प्रहरी  अधिकृतका अनुसार शुक्रबार राति मन्दिरको भण्डार कोठाबाट छुस्या, भुस्या,  झ्याली  र शंख चोरिएका थियो।  

उनका अनुसार शनिबार मन्दिर नजिकैको जंगलमा उक्त सामाग्रीहरु भेटिएका हुन्। चोरी भएका सामाग्री मध्य बाजागाजा ६ वटा छुस्या, ५ वटा भुस्या, २ वटा झ्याली र एक वटा शंख भेटिएको छ। 

चोरीको प्रकृति हेर्दा कुनै गिरोहभन्दा पनि अल्लारे युवाहरूको संलग्नता देखिएको अनुमान गरिएको अधिकृतले बताए।

बाँकी रहेका सामाग्रीहरूको खोजीमा तीव्रता दिएको पनि वृतले जनाएको छ । चोरी भएका सामाग्री सयौं वर्ष पुरानो भएको स्थानीयको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।