प्रहरीसँगको भिडन्तमा कश्मीरमा पाँच लडाकू मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्। कश्मीर जोन पुलिसले ट्वीट गर्दै शनिबार र आइतबार १२ घण्टासम्म चलेको भिडन्तमा पाँच लडाकूको ज्यान गएको जनाएको छ।

‘प्रहरीसँगको भीडन्तमा आतंकवादी संगठन लश्कर-ए-तोयबा र जैश-ए-मुहम्मदका पाँच आतंककारी मारिएका छन्,’ जोन पुलिसले ट्वीट गर्दै भनेको छ।

मारिनेमा जैश–ए–मोहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी आतंकवादी रहेको बताइएको छ। भिडन्त पुलवामाको नायरा क्षेत्र र बडगामको चरार–ए–शरीफमा भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।