यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश, निजी सवारी र ट्याक्सीमा भने कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोरविजोर प्रणाली हटेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी गाडी र ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरविजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

जोरविजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध भइरहेको थियो।  माघ ७ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो।

यस्तै सरकारले  माघ १५ गतेसम्म बन्द गरेको डान्सबार, सिनेमाघर, दोहोरीसाँझजस्ता मानिसको भीडभाड हुने व्यवसाय माघ मसान्तसम्म बन्द गर्न पनि सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।