एप्पलका उत्पादनको बिक्री बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको छ । एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर ४१२३.९ बिलियन पुगेको कम्पनीले जनाएको छ ।  

बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको बृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका बेला मानिसहरुले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

विज्ञहरूले गत वर्ष माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न चेतावनी दिएका थिए । तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्याङ्कको बारेमा जानकारी गराएको छ । जसले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।

एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ । विज्ञहरूले आईप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेका थिए र यो उत्पादन मात्रै बिक्रीमा १४ प्रतिशतले गिरावट आएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।