एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।