बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ बोजेनीमा एक दम्पती बन्द कोठमाभित्र मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेहरुमा ५२ वर्षीया पदम बहादुर थिङ र उनको श्रीमती ४५ वर्षीयाफुल कुमारी थिङ रहेका छन् ।

बुधबार राति खाना खाएर सुतेका उनीहरुले बिहान ढोका नखोलेपछि उनका छोरा सूर्य बहादुर थिङले ढोका फुटाएर हेरेका थिए ।

सो क्रममा बाबुआमा नै मृत अवस्थामा देखेपछि उनले महानगरीय प्रहरी वृत्त बौद्धमा खबर गरेका थिए । बौद्धबाट पुगेको प्रहरी टोलीले सव जाँच गरेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।