काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाले नुवाकोट जिल्लाभर सेवा प्रवाह गर्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
करिब रु ११ लाख मूल्य परेको (करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागि नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाँकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको हो ।
समर्पण बस्ती सुधार समितिको प्राङ्गणमा आयोजित एक समारोहबीच नुवाकोट समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुँवर, नुवाकोट समाज दक्षिण कोरियाका पूर्व अध्यक्षद्वय गोकर्ण रिजाल, राज दोङ, परशुराम फुयाँल, माधव फुयाँल, बजिर बुढाथोकी र संस्थाका पूर्व सचिव यदु कुमार गिरीले एम्बुलेन्सको साँचो मदानपुर युवा क्लवका प्रतिनिधि प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा समर्पण बस्ती सुधार समितिका अध्यक्ष कर्ण बहादुर शाही, टुकनाथ ढकाल, रवीन्द्र ढकाल र जेष्ठ नागरिक जीवनाथ पौडेल लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बेलकोटगढीमा एम्बुलेन्स सञ्चालनमा आएपछि आकस्मिक बीमारी, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।
Comment