राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, नतिजा आजै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ पदका लागि भइरहेको चुनावमा मतदान कार्य सुरु भएको छ ।  सात वटै प्रदेशका मतदान केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । 

शान्तिपूर्ण रूपमा देशभरका केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

१९ सिटका लागि हुन लागेको चुनावमा ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । १४ मतदान केन्द्रमार्फत उनीहरूको भाग्य फैसला हुनेछ । 

मतदानको समय बिहान ९ बजेदेखि ३ बजेसम्म दिइएको छ । आयोगका अनुसार, मतदान सकिएलगत्तै गणना सुरु हुनेछ । मतदान सकिएपछि गणना हुने भएकाले आजै मतपरिणाम आउने सम्भावना छ । 

५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ । पदावधि सकिन लागेकामा एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ छन् । कानूनअनुसार, सांसदहरूको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

सत्ताधारी दल गठबन्धन बनाएर निर्वाचनमा उत्रिएका छन् भने एमाले र लोसपाले प्रदेश २ मा सहकार्य गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।