शेखर समूहले भन्‍यो- ‘सभापतिको एक्लौटी निर्णयले गठबन्धनको भारी बोक्नु घातक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर समूहको छ।

नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग गरेको भर्चुअल संवादमा नेताहरुले सभापति देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत सहभागी थिए। उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन्।

शेखर समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णय गरेको एक नेताले जानकारी दिए। ती नेताले भने, ‘वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ। त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’

सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा नेताहरूले जोड दिएका थिए। सत्तारूढ गठबन्धनले भने चुनावसँग बाझिने स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने बताइरहेका छन्। चुनावबारे गठबन्धनमा पटकपटक छलफल भए पनि कांग्रेसले पार्टीमा छलफल भने गरेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।