काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।
आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको जनाएको हो ।
सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ ।
‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड– १९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जनाभन्दा बढी कोभिड – १९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड–१९ विरुद्धको नियमित खोप कार्यक्रममा ०७८ माघ १० देखि ०७८। १०।१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं ।’
Comment